
२०७९ सालको संसदीय निर्वाचनमा डडेल्धुराबाट पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका रास्वपाका नेता सागर ढकाल आगामी प्रतिनिधिसभा निर्वाचनमा फेरि मैदानमा उत्रन तयार छन्।

अघिल्लो निर्वाचनमा ढकालले १३ हजार ४२ मत प्राप्त गरेका थिए भने देउवाले २५ हजार ५३४ मत पाउँदै विजय हासिल गरेका थिए। स्वतन्त्र उम्मेदवार बनेका ढकाल अहिले रास्वपा पार्टीमा प्रवेश गरिसकेका छन्।
ढकालले डडेल्धुरामा चुनावी प्रचार–प्रसार सुरु गरेको र पार्टीको सम्पर्क समितिसँग मिलेर युवाहरूलाई सक्रिय पार्ने तयारी थालेको बताएका छन्। उनले भने, “पार्टीबाट आधिकारिक निर्णय त अझै भइसकेको छैन, तर मेरो उम्मेदवारी लगभग निश्चित जस्तै छ।”


ढकालले डडेल्धुरामा प्रतिस्पर्धी धेरै रहे पनि प्रजातान्त्रिक परिपाटीअनुसार सबैको सहभागिता स्वागतयोग्य रहेको बताए। मतदातासँग निरन्तर सम्पर्कमा रहेको उनले स्थानीय जनताको योगदानलाई महत्व दिँदै चुनावी तयारी अघि बढाएको जानकारी पनि दिए।
अघिल्लो निर्वाचनमा प्राप्त मतलाई ठूलो उपलब्धि ठानेका सागर ढकालले आगामी चुनावमा फेरि प्रत्यक्ष प्रतिस्पर्धा गर्ने लक्ष्य लिएका छन्।































