डडेल्धुरामा ‘No Sagar’ अभियान तीव्र, सागर ढकालको उम्मेदवारीलाई व्यापक अस्वीकार

Image
Nisarga Hospital

डडेल्धुरा: सागर ढकालले डडेल्धुराबाट आगामी चुनाव लड्ने अभिव्यक्ति दिइरहँदा जिल्लाभर उनलाई उम्मेदवारका रूपमा अस्वीकार गर्ने अभियान झन् तीव्र बन्दै गएको छ। सामाजिक सञ्जालदेखि स्थानीय राजनीतिक वृत्तसम्म ‘No Sagar’ अभियान फैलिँदै गएपछि डडेल्धुराको राजनीति तातेको छ।

CP Hospital Dhangadhi

स्थानीय नेता, कार्यकर्ता तथा नागरिक समाजका प्रतिनिधिहरूले ढकाल डडेल्धुराको माटो, भूगोल, भाषा र संस्कृतिसँग नजोडिएको व्यक्ति भएको दाबी गर्दै उनको उम्मेदवारी स्वीकार्य नहुने बताएका छन्। डडेल्धुराको प्रतिनिधित्व त्यही भूगोलमा बसेर जनताको दुःख–सुख नजिकबाट बुझेको व्यक्तिले गर्नुपर्ने उनीहरूको तर्क छ।

सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका पोस्टहरूमा ‘डडेल्धुरामा भेडा बस्दैनन्, हामी हाम्रो माटो, भूगोल र भाषा बुझेको नेता चाहन्छौँ’ भन्ने सन्देशसहित ढकालको विरोध भइरहेको छ। फेसबुकलगायत प्लेटफर्ममा #NoSagar र #OurLeader जस्ता ह्यासट्याग प्रयोग गर्दै अभियानलाई व्यापक बनाइएको देखिन्छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

स्थानीय नेताहरूले बाहिरबाट आएर केवल चुनावी घोषणामार्फत डडेल्धुराको राजनीति गर्ने प्रयास अस्वीकार्य हुने स्पष्ट पारेका छन्। जिल्लासँगको दीर्घकालीन सम्बन्ध, निरन्तर उपस्थिती र योगदान बिना उम्मेदवार बन्न खोज्नु जनभावनाविपरीत हुने उनीहरूको भनाइ छ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ढकालले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए। स्वतन्त्र उम्मेदवारका रूपमा ढकालले १३ हजार ४३ मत ल्याउँदै दोस्रो स्थान हासिल गरे पनि देउवाले २५ हजार ५३४ मत प्राप्त गर्दै विजयी भएका थिए।

पराजयपछि ढकाल डडेल्धुरा नफर्किएको र त्यतिबेला सहयोग गरेका धेरै व्यक्ति अहिले असन्तुष्ट बनेको स्थानीयहरू बताउँछन्। पेशाले इन्जिनियर तथा गुल्मीका स्थायी बासिन्दा ढकाल हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आवद्ध छन्। तर रास्वपाभित्रै पनि डडेल्धुराबाट ढकाललाई उम्मेदवार स्वीकार्ने विषयमा असहमति देखिएको छ।

Dhnagadhi & Krishanapur