नेकपाबाट डडेल्धुरामा क्रान्तिको टिकट, प्रतिनिधिसभामा मानसिंह मालको दाबी

Image
Nisarga Hospital

डडेल्धुरा: नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य मानसिंह माल ‘क्रान्ति’ ले प्रतिनिधिसभा सदस्य पदका लागि पार्टीको आधिकारिक टिकट प्राप्त गरेका छन्। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपाले डडेल्धुराबाट माललाई उम्मेदवारका रूपमा अघि सारेको हो।

CP Hospital Dhangadhi

लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय माललाई अनुभवी, संघर्षशील र संगठन निर्माणमा योगदान पुर्‍याएको नेता भन्दै पार्टीले टिकट दिएको जनाएको छ। दशकौँदेखिको राजनीतिक यात्रा, जनआन्दोलनमा सक्रिय भूमिका र पार्टीप्रति प्रतिबद्धताका कारण उनी संसदीय प्रतिस्पर्धामा बलियो उम्मेदवार बनेको नेकपाको दाबी छ।

टिकट प्राप्त गरेसँगै मालले डडेल्धुरामा पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनताको आवाज संसद्सम्म प्रभावकारी रूपमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने जनाउँदै डडेल्धुराको समग्र विकासका लागि संसद्मा मजबुत भूमिका निर्वाह गर्ने बताए।

nawajiwan
Attariya Hospital

नेकपाले यसपटक डडेल्धुरामा विचार, संगठन र संघर्षको आधारमा उम्मेदवार चयन गरिएको भन्दै निर्वाचनमा जित हासिल गर्ने विश्वास व्यक्त गरेको छ। पार्टीका अनुसार स्थानीय जनसमर्थन र संगठनात्मक तयारीका कारण चुनावी मैदानमा नेकपा मजबुत अवस्थामा छ।

यसअघि नेकपाको जिल्ला नेतृत्वले प्रतिनिधिसभा सदस्यतर्फ मानसिंह मालसहित महिलातर्फ निरादेवी जैरु, अन्यतर्फ अनिल बोहरा तथा जेन्जीतर्फ मुकुन्द भट्टको नाम सर्वसम्मत रूपमा केन्द्रमा सिफारिस गरेको थियो। केन्द्रले तीमध्ये माललाई प्रतिनिधिसभाको उम्मेदवारका रूपमा चयन गरेको हो।

परशुराम नगरपालिका–४, कटाल स्थायी घर भएका माल १० वर्षे सशस्त्र संघर्षका सहभागीसमेत हुन्। यसअघि डडेल्धुराबाट समानुपातिक सूचीमा कसैलाई समावेश नगरेको भन्दै उनले सामाजिक सञ्जालमार्फत चुनाव नलड्ने घोषणा गरेका थिए। तर पार्टी निर्णयपछि उनले निर्वाचनमा सक्रिय सहभागिता जनाउने स्पष्ट पारेका छन्।