धनगढी मेयर गोपाल हमालले पार्टी प्रवेश अस्वीकार, स्वतन्त्रतामा अडिग

Image
Nisarga Hospital

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आगामी पाँच वर्ष कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने स्पष्ट पारेका छन्। २०७९ को स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारी लिएर विजयी भएका हमालले जनताले दिएको म्यान्डेटअनुसार इमानदार र निष्पक्ष सेवा दिन प्रतिबद्धता व्यक्त गरेका छन्।

CP Hospital Dhangadhi

केही दिनयता सामाजिक सञ्जालमा हमाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरी प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने प्रचार चलाइए पनि उनले यसमा भ्रम नपर्न सबैमा अनुरोध गरेका छन्। “म कुनै पार्टीमा प्रवेश गर्ने योजना बनाएको छैन। धनगढीबासीले मलाई स्वतन्त्र मेयरको रूपमा निर्वाचित गरेका छन् र म उनीहरूले दिएको जिम्मेवारी पूरा गर्न पाँच वर्ष स्वतन्त्र नै रहनेछु,” उनले स्पष्ट पारे।

Attariya Hospital

हमालले जनताले देखाएको विश्वासमा घात नगर्ने दृढता व्यक्त गर्दै, विभिन्न निराधार प्रचार र अफवाहमा नपर्न सबै नागरिकसँग आग्रह गरेका छन्। उनले भने, “म जनताको म्यान्डेटअनुसार २०८४ को स्थानीय चुनावसम्म स्वतन्त्र रहेर काम गर्छु। अहिले कुनै पार्टी प्रवेश गर्ने योजना छैन। सामाजिक सञ्जालमा आएका भ्रमजन्य कुराका पछि नलाग्न सबैमा मेरो अनुरोध छ।”

nawajiwan

धेरैले मेयर हमालको फोटोसहित रास्वपा प्रवेशको प्रचार गरिरहेका थिए, तर हमालले यसलाई पूर्णतया असत्य ठहराउँदै आफू स्वतन्त्रतामा अडिग रहेको दोहोर्याएका छन्। उनका अनुसार धनगढीबासीले दिएको जिम्मेवारी, विश्वास र म्यान्डेटलाई सम्मान गर्दै पाँच वर्ष स्वतन्त्र रूपमा सेवा दिने प्राथमिकता उनले तय गरेका छन्।