पद्म प्रभात प्रतिष्ठानले २०८२ का लागि पुरस्कार घोषणा, डा. महेश्वर प्रसाद जोशी सम्मानित

Image
Nisarga Hospital

धनगढी: भाषा, साहित्य, कला, संस्कृति र धर्म–दर्शनमा चार दशकदेखि सक्रिय साहित्यकार तथा संस्कृतिविद पद्मराज जोशी ‘प्रभात’को नाममा स्थापित पद्म प्रभात प्रतिष्ठानले २०८२ का लागि विभिन्न पुरस्कार घोषणा गरेको छ।

CP Hospital Dhangadhi

प्रतिष्ठानको माघ ३ गते बसेको बैठकको निर्णयअनुसार रु १,११,१११ राशिको पद्म प्रभात प्राज्ञिक पुरस्कार भारत उत्तराखण्ड निवासी प्रो. डा. महेश्वर प्रसाद जोशीलाई प्रदान गरिने भएको छ। डा. जोशीले सन् १९६५ देखि मध्य हिमालय क्षेत्रको इतिहास, पुरातत्व र संस्कृतिमा १०० भन्दा बढी शोधपत्र प्रकाशित गरेका छन्।

त्यस्तै पत्रकारिता पुरस्कार सुदूरपश्चिमका खोज पत्रकार डी.आर. पन्त (डडेल्धुरा) र युवा पत्रकार गोविन्द रोस्यारा (कैलाली) लाई प्रदान गरिने भएको छ। भुवनेश्वरी पद्म प्रभात प्रतिभा पुरस्कार कवि तथा साहित्यकार हिरा भट्ट (बैतडी) लाई समर्पित गरिने प्रतिष्ठानले जनाएको छ।

पुरस्कारहरू २०८२ सालको चैत्र नवरात्रिमा विशेष समारोहमा वितरण गरिनेछ।