अत्तरियाको सत्यवती एकेडेमीले दोस्रो चरणको वार्षिकोत्सव सम्पन्न, विद्यार्थी प्रतिभा प्रदर्शनको अवसर

Image
Nisarga Hospital

अत्तरियास्थित सत्यवती एकेडेमीले दोस्रो चरणको वार्षिकोत्सव सम्पन्न गरेको छ। विद्यालयले पहिलो चरणको वार्षिकोत्सव पुष ३० मा कक्षा ८ देखि १२ का विद्यार्थीहरूसँग सम्पन्न गरेको थियो भने आइतबार दोस्रो चरणमा कक्षा ५ देखि ७ का विद्यार्थीहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

CP Hospital Dhangadhi

विद्यालयकी प्रिन्सिपल यशोदा ध्याडी कडायतले २०८२ साल विद्यालयका लागि उपलब्धिमूलक रहेको बताउँदै शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा आएको जानकारी दिइन्। उनले विद्यालयले खेलकुद, राष्ट्रपति रनिङ शिल्ड लगायतका प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गरेको उल्लेख गरिन् र उपलब्धिमा सहयोग गर्ने सबै प्रति आभार व्यक्त गरिन्।

कार्यक्रममा विद्यार्थीहरूले महाभारतका अंश नाटक र नृत्यमार्फत प्रस्तुत गरे। कक्षा ५ देखि ७ का विद्यार्थीहरूले खेलकुद तथा शैक्षिक कार्यक्रममा प्राप्त मेडल र प्रमाणपत्र वितरण गरिएको थियो। प्रिन्सिपलले अभिभावकहरूलाई सबै विद्यार्थीले राम्रो अंक नपाउन सक्ने भएता पनि विद्यालयले पढाइसँगै संस्कार, नैतिकता र व्यवहारिक शिक्षा प्रदान गर्ने लक्ष्य लिएको जानकारी दिइन्।

सत्यवती एकेडेमीले चरणवद्ध रूपमा वार्षिकोत्सव आयोजना गर्दै आइरहेको छ। आगामी फागुनमा कक्षा नर्सरी देखि ४ सम्मका बालबालिकाहरूसँग तेस्रो र चौथो चरणको वार्षिकोत्सव हुने जनाएको छ।