सुदूरपश्चिममा स्वास्थ्य शिक्षा र सेवा प्रवाहको नयाँ आयाम: मुख्यमन्त्री शाह, नगर प्रमुख र सहिद दशरथ चन्द विश्वविद्यालयबीच शिष्टाचार भेट

Image
Nisarga Hospital

अत्तरियाः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुनिलकुमार जोशी तथा रजिष्ट्रार प्रा.डा. खेमराज जोशी सँगै विश्वविद्यालयका सिनेट सदस्य डा. डम्मर बहादुर पाल, ई. पवन रावल बीच सोमबार मुख्यमन्त्री निवासमा शिष्टाचार भेटघाट सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

भेटघाटमा विश्वविद्यालयको समग्र सञ्चालन, शैक्षिक गतिविधि र संरचनागत विकासका विषयमा विस्तृत छलफल भएको थियो। सेती र महाकाली अस्पताललाई विश्वविद्यालय मातहत ल्याई सेवा सञ्चालन गर्ने, आगामी वर्षदेखि शैक्षिक सत्र सुरु गर्ने तयारी, दक्ष जनशक्ति उत्पादन र अस्पताल सञ्चालनका योजना चर्चाको मुख्य विषय बने।

nawajiwan

मुख्यमन्त्री शाहले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमको दीर्घकालीन सपना भएको उल्लेख गर्दै यसलाई साकार पार्न संघ, प्रदेश र स्थानीय सरकारको साझा प्रतिबद्धता रहेको बताए। उनले विश्वविद्यालयलाई आवश्यक स्रोतसाधनको अभाव हुन नदिइने र उपलब्ध स्रोतलाई प्रभावकारी रूपमा परिचालन गरी गुणस्तरीय स्वास्थ्य सेवा तथा शिक्षा प्रवाह गर्न जोड दिनुभयो। शाहले विश्वविद्यालयले प्रदेशको जनस्वास्थ्य सुधारसँगै आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

उपकुलपति प्रा.डा. जोशीले शिक्षण, आपूर्ति र खरिद नियमावली बनिसकेको र आँखासम्बन्धी उपचारका लागि गेटा आँखा अस्पतालसँग एमयू गर्नुपर्ने, क्यान्सर विशेषज्ञ नर्स र स्क्रिनिङ सेवा नहुँदा बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालसँग समन्वय आवश्यक रहेको जानकारी दिनुभयो। साथै थेरापी सेवा, कार्डियोलोजी सेवा विस्तार, क्याथल्याब सञ्चालन, पाठ्यक्रम निर्माण र एमबीबीएससहित पाँचवटा प्यारामेडिकल कार्यक्रम सुरु गर्ने योजना प्रस्तुत गर्नुभयो।

Attariya Hospital

छलफलका क्रममा विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गरेर बाहिरबाट जनशक्ति ल्याउनुपर्ने बाध्यता अन्त्य गर्ने, कार्यरत कर्मचारीको पूर्ण क्षमता प्रयोग गर्ने र यसै वर्ष ३०० शैयाको अस्पताल सञ्चालन सहित शैक्षिक कार्यक्रम २०८३ सालभित्र सुरु गर्ने प्रतिबद्धता जनाएको छ।

गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले यसै वर्षबाट गेटामा चिकित्सा शिक्षा सञ्चालनको तयारीमा प्रदेश र पालिका स्तरबाट निश्वार्थ रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै माघ ६ गते विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारलाई स्वागत कार्यक्रम समेत आयोजना हुने जानकारी गराइएको छ।

यस भेटघाटले सुदूरपश्चिममा स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा गुणात्मक विकासको नयाँ युग सुरु हुने संकेत दिएको छ।