कञ्चनपुरमा प्रतिनिधिसभा चुनावको चहलपहल, ५५ उम्मेदवार मैदानमा

Image
Nisarga Hospital

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कञ्चनपुरमा उम्मेदवारी दर्ता प्रक्रिया उत्साहजनक रूपमा सम्पन्न भएको छ। तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा कुल ५५ जनाले मनोनयन दर्ता गरेका छन्। क्षेत्र नम्बर १ र २ मा १९÷१९ जना र क्षेत्र नम्बर ३ मा १७ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट गोपीप्रसाद उपाध्याय, नेकपा (एमाले)बाट तारा लामा तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनकसिंह धामी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट बीना मगरले उम्मेदवारी दर्ता गराएका छन्। यसका साथै अनिल राना, मञ्जुदेवी सुनार, यादव सिंह र रुपादेवी विष्टले स्वतन्त्र उम्मेदवारी दिएका छन्। त्यस्तै अन्य पार्टीका उम्मेदवार जस्तै राप्रपाका दिल्लीबहादुर शाही, नेपाल मजदुर किसान पार्टीका कटक जहादुर शाही, नागरिक उन्मुक्तिका कृष्णबहादुर चौधरी लगायतले पनि मनोनयन दर्ता गराएका छन्।

क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट नारायणप्रकाश साउँद, नेकपा (एमाले)बाट बचनबहादुर सिंह, नेपाली कम्युनिष्ट पार्टीबाट माधव पन्त, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दीपक बोहराले उम्मेदवारी दर्ता गरेका छन्। क्षेत्र नम्बर ३ मा पनि प्रमुख दलदेखि साना दल र स्वतन्त्र गरी १७ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

कञ्चनपुरमा राजनीतिक बहुलताले चुनाव प्रतिस्पर्धात्मक बनाएको छ। उम्मेदवारको यो ठूलो संख्या आगामी निर्वाचनमा जनताको रोजाइ र मत प्रतिस्पर्धालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।