
गोरखबहादुर बिष्ट (आनन्द) कुनै संयोगले राजनीतिमा देखापर्नुभएको पात्र होइनन्। उहाँ नेपाली कांग्रेसको विचार, मूल्य र अनुशासनमा हुर्किनुभएको, निरन्तर संघर्षबाट खारिनुभएको र संगठनप्रति गहिरो निष्ठा राख्ने नेता हुनुहुन्छ। उहाँको राजनीतिक यात्रा पद, प्रतिष्ठा वा व्यक्तिगत लाभका लागि होइन, जनताको सेवा र पार्टीको मजबुतीका लागि समर्पित छ।

उहाँलाई बाहिरबाट आएको, नचिनेको वा ‘पर्यटक उम्मेदवार’ भनेर चित्रण गर्ने प्रयासहरू यथार्थसँग मेल खाँदैनन्। नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारलाई जिताउने शक्ति पार्टीकै कार्यकर्ता, समर्थक, आमाबुबा, दाजुभाइ र दिदीबहिनीहरू हुन्। ‘झोलेले मात्र जिताउँछन्’ भन्ने आरोपहरू तथ्यहीन र भ्रम सिर्जना गर्ने उद्देश्यले फैलाइएका हुन्।
आनन्द बिष्टको घर गोदावरी नगरपालिकामै छ। यही समाजमा बसेर, यही जनतासँग दुःख–सुख बाँड्दै उहाँको राजनीतिक र सामाजिक यात्रा अघि बढेको हो। स्थानीय समस्या, आवश्यकता र सम्भावनाबारे उहाँजति नजिकबाट बुझ्ने नेता कमै छन्। यही कारण उहाँप्रति क्षेत्र नं. ४ का जनतामा भरोसा र आत्मीयता गहिरिँदै गएको छ।

नेपाली कांग्रेसको झण्डा बोकेर हिँड्दा उहाँले कहिल्यै व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिनुभएन। संगठन, कार्यकर्ता र जनताको भावना सधैँ उहाँको पहिलो रोजाइ रह्यो। उहाँ तोड्ने होइन, जोड्ने नेता हुनुहुन्छ—फरक विचारलाई सम्मान गर्ने, असन्तुष्टलाई समेट्ने र सबैलाई एउटै लक्ष्यतर्फ लैजाने क्षमता नै उहाँको ठूलो शक्ति हो।

संविधानले दिएको अधिकारअनुसार नेपाली नागरिकता भएको व्यक्तिले देशको जुनसुकै स्थानबाट निर्वाचन लड्न सक्छ। तर आनन्द बिष्टका हकमा यो विषय उठाउनु नै अनावश्यक छ, किनकि उहाँ यही माटोका सन्तान र यही समाजप्रति उत्तरदायी नेता हुनुहुन्छ।
आज नेपाली कांग्रेसलाई आवश्यक नेतृत्व भनेकै अनुशासनमा बस्ने, पार्टी निर्णयलाई सम्मान गर्ने र कार्यकर्ताको पसिनाको कदर गर्ने हो। आनन्द बिष्ट त्यही नेतृत्वको सशक्त प्रतिनिधि हुनुहुन्छ। हल्ला र आरोपबाट होइन, काम, चरित्र र विचारबाट नेता चिनिन्छ—र त्यो परिचय उहाँले पहिले नै बनाइसक्नुभएको छ।
आज उहाँको उम्मेदवारी कुनै एक व्यक्तिको मात्र विषय होइन; यो नेपाली कांग्रेसको एकता, भविष्य र विश्वासको परीक्षा हो। त्यसैले सबै आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरू एक भएर उहाँलाई विजय गराउनु हाम्रो साझा जिम्मेवारी हो।
आनन्द बिष्टलाई जिताउनु भनेको—नेपाली कांग्रेसलाई जिताउनु, एकतालाई जिताउनु र भोलिको आशालाई जिताउनु हो। ✊🌳
✍️ भिम बहादुर खड्का
जय नेपाल
जय नेपाली काँग्रेस जिन्दाबाद
लोकतन्त्र जिन्दाबाद































