संविधान नबुझेको राजनीति : ‘टोल–नाली’ सोचबाट राष्ट्रिय दृष्टिकोणतर्फ

Image
Nisarga Hospital

प्रतिनिधि सभा सदस्यको भूमिकालाई अझै पनि टोल–नाली, बाटो–घाटो र साना स्थानीय कामसँग जोडेर बुझ्ने प्रवृत्ति हाम्रो राजनीतिक चेतनाको गम्भीर कमजोरी हो। प्रतिनिधि सभा स्थानीय सेवा प्रवाह गर्ने संस्था होइन; यो देशको नीति, कानून, राष्ट्रिय प्राथमिकता र दीर्घकालीन दिशानिर्देशन तय गर्ने सर्वोच्च विधायिका हो।

CP Hospital Dhangadhi

यही वास्तविकतालाई आत्मसात् गर्दै नेपालको संविधानले प्रतिनिधि सभाको गठन प्रत्यक्ष र समानुपातिक प्रणालीमार्फत हुने व्यवस्था गरेको छ। संविधानको कुनै पनि धाराले प्रतिनिधि सभा सदस्य अनिवार्य रूपमा त्यही निर्वाचन क्षेत्रको स्थायी बासिन्दा हुनुपर्छ भनेर भनेको छैन। धारा ८७(१) अनुसार नेपाली नागरिक हुनु, २५ वर्ष उमेर पूरा हुनु र कानुनले अयोग्य नठहरिनु नै उम्मेदवारको योग्यता हो—जिल्ला वा भूगोलको बन्देज होइन।

त्यसैले प्रतिनिधि सभा सदस्य कुनै एक ठाउँको मात्र प्रतिनिधि होइन, उहाँ सम्पूर्ण राष्ट्रको प्रतिनिधि हुनुहुन्छ। यही संवैधानिक सत्य नबुझी कैलाली–४ बाट उम्मेदवारी दिएका गोरखबहादुर बिष्टलाई “tourist” भन्नु व्यक्तिगत आलोचना मात्र होइन, संविधान, लोकतान्त्रिक मूल्य र संघीय संसदीय व्यवस्थामाथिको अपमान हो।

nawajiwan
Attariya Hospital

लोकतन्त्रमा सही प्रश्न “उम्मेदवार कहाँबाट आएको?” होइन—
उहाँसँग कस्तो राष्ट्रिय दृष्टिकोण छ?
कस्ता नीति सोच छन्?
देशको भविष्यका लागि के योगदान दिन सक्छन्?

अब समय आएको छ—भावनात्मक आरोप होइन, संवैधानिक चेतनाबाट राजनीति गर्ने। व्यक्तिको ठेगाना होइन, क्षमता, विचार, इमानदारी र राष्ट्रिय प्रतिबद्धताबाट नेतृत्व छान्ने।
— भिम बहादुर खड्का, नेपाली कांग्रेस