गोदावरीको बन्दगडामा मष्टा धाम धार्मिक आस्थाको केन्द्र: माघ २३ गते प्राण प्रतिष्ठान

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–४ बन्दगडामा ६५ बिघा जमिनमा विश्वकै पहिलो मष्टा धाम निर्माणको काम पूरा हुँदैछ। पाँच भागमा विभाजन गरिएको यस धाममा मन्दिर, पार्क र १२ थान मष्टाका शीलाहरू स्थापना गरिने जनाइएको छ। मष्टा धाम विकास समितिका अध्यक्ष गणेश जिवी साउँदका अनुसार, धाममा दुधे मष्टो र दाडे मष्टाको मन्दिर बनाइएको छ भने ११ फिटका शीलाहरू भारतको पञ्जाव तथा पश्चिमको महाकालीदेखि पूर्वको त्रिशूली नदीसम्मका शीलाहरू ल्याएर राखिएको छ।

CP Hospital Dhangadhi

धाम निर्माणको कार्य २०७५ सालदेखि सुरु भएको थियो र स्थानीयले भूमि दान गरेका थिए। व्यवस्थापन समितिका सचिव भीमबहादुर साउँदले भने, “धाम सबैको आस्थाको केन्द्र बन्नेछ। गणेश थान, कालिका थान सहित चार थानहरू तयार छन्। हामीले यहाँ पार्क र सभा हल पनि बनाउँदैछौं।”

Attariya Hospital

विकास समितिले मष्टा धामलाई धार्मिक पर्यटनका रूपमा विकास गर्ने योजना बनाएको छ। तीन करोड रुपैयाँ लगानीमा निर्माण भइरहेका धाममा माघ १९ गते शीला स्थापना र माघ २३ गते प्राण प्रतिष्ठान गरिने कार्यक्रम तय गरिएको छ।

nawajiwan

धाम निर्माणसँगै यहाँ कुल पूजासहित धार्मिक पर्यटकहरूको आकर्षण हुने अपेक्षा गरिएको छ। बंदगडामा स्थापित मष्टा धामले न केवल स्थानीय श्रद्धालुहरूको आस्था केन्द्र बनाउनेछ, तर नेपाललाई धार्मिक पर्यटनको नयाँ गन्तव्यका रूपमा विश्वमै चिनाउने लक्ष्य राखेको छ।