सुदूरपश्चिम पत्रकार महासङ्घद्वारा दोगडाकेदार घोषणापत्र जारी: विकास, संरक्षण र निर्वाचनमा साझा प्रतिबद्धता

Image
Nisarga Hospital

नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले बैतडी जिल्लामा समग्र, दिगो र समावेशी विकासका लागि दोगडाकेदार घोषणापत्र जारी गरेको छ। महासङ्घले बैतडीको इतिहास, संस्कृति र प्राकृतिक सम्पदा संरक्षण तथा स्थानीय विकासमा साझा जिम्मेवारी आवश्यक रहेको स्पष्ट पारेको छ।

CP Hospital Dhangadhi

घोषणापत्र अनुसार, प्रदेशभरीका पत्रकार, सञ्चारकर्मी र मिडिया हाउसहरूले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्ने छन्। पञ्चेश्वर, पश्चिमसेती र जुलाघाट मोटरेवल पुल निर्माणमा प्रभावकारी दबाव सिर्जना गर्ने, महाकाली करिडोरको काम तिब्रता साथ अघि बढाउन सरकारलाई सचेत पार्ने, र धार्मिक–पुरातात्त्विक स्थलहरूलाई सुरक्षित गरी पर्यटकीय गन्तव्यमा विकास गर्ने प्रतिबद्धता राखिएको छ।

साथै, दोगडाकेदार गाउँपालिकामा फास्फोराइड खानी र सम्भावित सिमेन्ट खानीको उत्खनन् वातावरणमैत्री तरिकाले अघि बढाउन पहल गर्ने, साथै सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय सम्पदाको अभिलेखिकरण तथा संरक्षण–संवर्धनमा ध्यान दिन महासङ्घले जोड दिएको छ।

बैठकमा पत्रकार महासङ्घका पदाधिकारीहरूले पत्रकारिता क्षेत्रमा जिम्मेवार र पारदर्शी गतिविधि सुनिश्चित गर्दै समग्र सुदूरपश्चिमको दिगो विकासमा सञ्चार क्षेत्रले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो घोषणापत्र सुदूरपश्चिमको विकास, इतिहास, संस्कृति र पर्यटकीय सम्पदाको संरक्षणमा सबै पक्षबीच साझा समझदारी र कार्यान्वयनको मार्गदर्शक हुने अपेक्षा गरिएको छ।