डडेल्धुरामा स्कारपियो दुर्घटना: पाँच जना घाइते, अवस्था सामान्य

Image
Nisarga Hospital

डडेल्धुरामा स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। जिल्ला निर्वाचन कार्यालय डोटीको स्कारपियो डडेल्धुराबाट दिपायलतर्फ जाँदै गर्दा अमरगढी नगरपालिका–११ रडुवा खोला नजिक केआईसिंह राजमार्गमा दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार गाडी अनियन्त्रित भई सडक छेउमा ठोक्किँदा दुर्घटना भएको हो।

CP Hospital Dhangadhi

दुर्घटनामा डोटीका निर्वाचन अधिकृत तथा अजयमेरु गाउँपालिका–६ निवासी ४२ वर्षीय करुणाकर पन्त, बर्दिया घर भई सशस्त्र प्रहरी बल ३६ नम्बर गण डोटीमा कार्यरत ४० वर्षीय सुमन चौधरी, तनहुँ भानु नगरपालिका निवासी तथा नेपाली सेना भैरवनाथ गण डोटीमा कार्यरत ३८ वर्षीय सूर्यबहादुर कोइराला घाइते भएका छन्। साथै गन्यापधुरा गाउँपालिका–३ का ३० वर्षीय मिनबहादुर बोहरा र डोटीको दिपायल सिलगढी नगरपालिका–५ का ४५ वर्षीय चालक तेजबहादुर अधिकारी पनि घाइते भएका छन्।

Attariya Hospital

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका सबैको अवस्था सामान्य रहेको र आवश्यक उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

nawajiwan