
नेपाली कांग्रेसले दोस्रो विशेष महाधिवेशनपछि नेतृत्व परिवर्तन गर्दै फागुन २१ प्रतिनिधि सभा निर्वाचन लक्षित तयारी तेज बनाएको छ। उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको ‘निर्वाचन परिचालन समिति’ले सातै प्रदेशमा पार्टीको अवस्था बुझ्न केन्द्रीय प्रतिनिधि खटाएको छ।

कांग्रेस प्रवक्ता देवराज चालिसेकाअनुसार, खटिएका प्रतिनिधिहरूले सम्बन्धित जिल्लामा पार्टीको अवस्था बुझ्ने र आवश्यक समन्वय गर्ने छन्। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा प्रमुख नेताहरू जिम्मेवारीमा रहेका छन्। ताप्लेजुङदेखि डोटी र बाजुरासम्म, प्रत्येक जिल्लामा पार्टीको रणनीति सुनिश्चित गर्न प्रतिनिधिहरू सक्रिय छन्।

पार्टीले प्रदेश–जिल्लास्तरीय अभियानलाई सुदृढ गर्दै मतदाता सम्पर्क र निर्वाचन तयारीलाई गति दिएको छ।

सातै प्रदेश र सम्बन्धित जिल्लाका प्रतिनिधि/नेताहरूलाई तालिकामा यसरी हेर्नुहोस ।
| प्रदेश | जिल्ला | खटाइएको प्रतिनिधि/नेता |
|---|---|---|
| कोशी | ताप्लेजुङ, इलाम, पाँचथर, झापा | डा. डीला संग्रौला, भिष्मराज आङ्देम्बे, सुधीरकुमार शिवाकोटी, सुरेश सुब्बा |
| संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ, सुनसरी | अमृत अर्याल, मीन विश्वकर्मा, तारामान गुरुङ, उमेशजंग रायमाझी | |
| सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सिराहा, सप्तरी | बसन्त भट्टराई, नगेन्द्र कुमाल, प्रमिला राई, धर्म नेपाली दर्जी | |
| बागमती | धादिङ, रसुवा, नुवाकोट, काठमाडौं | बहादुरसिंह लामाको नेतृत्वमा डा. केदारनरसिंह केसी, राजेन्द्रकुमार केसी, प्रतिमा गौतम, जीतनारायण श्रेष्ठ, डा. अमिता प्रधान |
| काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर, मकवानपुर | जीपछिरिङ लामा, हरिशरण नेपाली, उर्मिला थपलिया, उमा दाहाल, गीता सत्याल | |
| भक्तपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, चितवन | अर्जुननरसिंह केसी, दीलमान पाख्रिन, धना खतिवडा, मधुराप्रसाद घिमिरे, धर्मराज गौतम | |
| गण्डकी | पर्वत, म्याग्दी, मुस्ताङ, बागलुङ | चीनकाजी श्रेष्ठ, मनकुमारी गुरुड, कृष्णबहादुर केसी, चिनु पोखरेल |
| स्याङ्जा, कास्की, मनाङ, नवलपुर | ध्रुव वाग्ले, जगदीशचन्द्र उपाध्याय, मनकुमारी गुरुङ, किरणराज शर्मा पौडेल | |
| गोरखा, लमजुङ, तनहुँ | अब्दुल सत्तार, रेशम बानियाँ, शारदा पौडेल, सरस्वती अर्याल तिवारी | |
| लुम्बिनी | रुपन्देही, पाल्पा, नवलपरासी, गुल्मी | डा. गोपाल दहित, गहेन्द्र गिरी, प्रदीप शर्मा, राजेन्द्रगोपाल सिंह |
| कपिलवस्तु, अर्घाखाँची, रूकुम पूर्व, प्यूठान, रोल्पा | कृष्णकिशोर घिमिरे, मैकुलाल वाल्मिकी, छन्दबहादुर पहराई, केशव आचार्य | |
| दाङ, बाँके, बर्दिया | चन्द्रबहादुर केसी, कमलप्रसाद भुसाल, राधेश्याम पाठक, रंगमती शाही | |
| सुदूरपश्चिम | कन्चनपुर, बैतडी, दार्चुला, बझाङ | हिमबहादुर रावल, निपा चोखाल, विद्यादेवी तिमिल्सिना |
| कैलाली, डडेलधुरा | जगतप्रसाद जोशी, सुनिता राना, डा. रणबहादुर रावल, नृपबहादुर वड | |
| डोटी, अछाम, बाजुरा | नरेन्द्र भट्ट, सम्झना खत्री, सुशिला मिश्र भट्ट |
































