
देशमा सुशासन र दिगो समृद्धि ल्याउन अब नीतिगत रूपमा ठूला र साहसी परिवर्तन अपरिहार्य भइसकेका छन्। सबैभन्दा पहिले राजनीतिक दल निकटका पेशागत संघ–संगठनहरू खारेज गर्न स्पष्ट कानुनी व्यवस्था आवश्यक छ।

शिक्षकले शिक्षण, पत्रकारले पत्रकारिता र कर्मचारीले आफ्नो पेशागत धर्म स्वतन्त्र रूपमा निभाउन पाउनुपर्छ। उनीहरूलाई पार्टीको कार्यकर्ता बन्न बाध्य पार्ने संरचना अन्त्य नगरी राज्य सुधार सम्भव हुँदैन। दोस्रो, नियुक्ति, पदपूर्ति र पदोन्नतिमा पूर्ण रूपमा योग्यता, प्रतिस्पर्धा र पारदर्शिताको व्यवस्था लागू हुनुपर्छ।


तेस्रो, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कागजमा होइन, व्यवहारमै प्रभावकारी रूपमा कार्यान्वयन गर्न जरुरी छ। त्यसैले सुशासन र समृद्धिका यी एजेन्डालाई प्राथमिकतामा राख्ने दल र उम्मेदवारलाई विवेकपूर्ण निर्णय गर्दै मताधिकारको सही प्रयोग गर्नु आजको आवश्यकता बनेको छ। 🇳🇵
✍️ डम्मर सिंह साउद सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसका उपप्राध्यापकका साथै
कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ का सचेत मतदाता हुन्।
































