अक्षय कोष निर्माण उद्देश्यसहित अत्तरियाको सेभ हाउसमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका वडा नं. २, अत्तरियामा रहेको श्री महिला तथा बालबालिका सेभ हाउस अत्तरियाको आयोजनामा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ।

CP Hospital Dhangadhi

आश्रित बालबालिकाहरूको दीर्घकालीन संरक्षण र भविष्य सुनिश्चित गर्ने उद्देश्यले अक्षय कोष निर्माणका लागि महायज्ञ आयोजना गरिएको हो। माघ २६ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन हुने महायज्ञमा धार्मिक प्रवचन, कथा वाचन तथा विविध आध्यात्मिक कार्यक्रमहरू समावेश छन्।

nawajiwan

उद्घाटन समारोहमा प्रमुख अतिथीको रुपमा रहेका गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले सेभ हाउसले समाजमा उदाहरणीय भूमिका खेलेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “सरकारले गर्नुपर्ने दायित्वसमेत सेभ हाउसकी संचालिका जानकी मलासीले निःस्वार्थ रूपमा पूरा गर्दै आउनु भएको छ। नगरपालिकाले आधारभूत आवश्यकताका लागि प्रत्येक वर्ष ४ लाख रुपैयाँ सहयोग गर्दै आएको छ, तर यसमा सबैको साझा सहयोग आवश्यक छ।”

नगर प्रमुख भट्टले सबै श्रद्धालु, समाजसेवी र दाताहरूलाई महायज्ञमा सहभागी भई आध्यात्मिक लाभ लिनुका साथै सहयोग गर्न आग्रह गर्नुभयो। आयोजक संस्थाले महायज्ञबाट संकलित रकम बालबालिकाको शिक्षा, स्वास्थ्य र पालनपोषणमा खर्च गरिने जानकारी दिएको छ।

Attariya Hospital

फागुन ३ गतेसम्म सञ्चालन हुने महायज्ञमार्फत सेभ हाउसमा आश्रित बालबालिकाको पालन–पोषणका लागि अक्षय कोष स्थापना गरिने सेभ हाउसका संरक्षक डा. नरबहादुर मौनीले जानकारी दिए।


महायज्ञमा चर्चित कथा वाचिका सुमि मानवसहितको समूहले कथा प्रवचन गर्नेछ भने मूल पाठ पारायण, यज्ञ, होम तथा पूजा उपवाचक जनार्दन प्रसाद पन्तले सम्पन्न गर्नेछन्।

महायज्ञ अवधिभर अन्नदान, मुठीदान, तुलादान, व्रतबन्ध, विवाहलगायत विभिन्न धार्मिक कार्यक्रमहरू पनि सञ्चालन गरिने आयोजकले जनाएको छ।