रौतहट–२ मा नयाँ राजनीतिक तरंगः उम्मेदवारले नै राजीनामा

Image
Nisarga Hospital

सीके राउत नेतृत्वको जनमत पार्टी बाट रौतहट–२ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका २८ वर्षीय सोनु कुशवाहाले आइतबार पार्टी परित्याग गरेका छन्। व्यक्तिवाद र परिवारवाद हाबी भएको आरोप लगाउँदै उनले पार्टीबाट राजीनामा दिएको बताएका छन्।

CP Hospital Dhangadhi

परिवर्तनको उद्देश्यसहित उम्मेदवारी दिएको उल्लेख गर्दै कुशवाहाले युवामाथि दमन हुँदा पनि पार्टी मौन बसेको गुनासो गरे। पार्टीभित्र जनताको आवाज सुन्ने वातावरण नहुँदा बसिरहनुको अर्थ नरहेको उनको भनाइ छ। उम्मेदवार बनाए पनि समन्वयको अभाव रहेको तथा नेतृत्व आफ्नै क्षेत्र र पारिवारिक घेरामै सीमित रहेको आरोप उनले लगाए।

Attariya Hospital

उनसँगै सो क्षेत्रका अन्य केही नेताले पनि साधारण सदस्यबाट राजीनामा दिएका छन्। आन्तरिक असन्तुष्टि, एकलौटी निर्णय र विकासका स्पष्ट योजनाको अभावलाई राजीनामाको कारण बताइएको छ। कुशवाहाले भने आगामी निर्वाचनमा कसलाई समर्थन गर्ने भन्नेबारे निर्णय सार्वजनिक गरेका छैनन्।

nawajiwan