
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ क्षेत्र नम्बर ५ का संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएका छन्। गत मंगलबार बुझाइएको राजीनामामा पार्टीभित्र सुधारका प्रयास हुँदाहुँदै अनियमितता बढ्दै गएको आरोप लगाइएको छ।

राजीनामा दिनेमा संस्थापक क्षेत्रीय संयोजक मधुसुधनध्वज खड्का, राम श्रेष्ठ, जया श्रेष्ठ, समिप घले, कवि थापा मगर, प्रतिभा सेढाई, किरण थापा, चिरञ्जिवी अधिकारी, सुजना बस्नेत, शोभा सुवेदी, प्रभात महर्जन, राजेश थापा, माधव थापा मगर र अञ्जना बोगटी रहेका छन्।
राजीनामापत्रमा प्राइमरी पद्धतिबाट उम्मेदवार छनोटका क्रममा आर्थिक अनियमितता भएको दाबी गरिएको छ। लोकतन्त्र र सुशासनको लक्ष्यमा आघात पुगेको भन्दै उनीहरूले साधारण सदस्यता समेत त्यागेको जनाएका छन्।









































