गगन थापाको राजीनामा अस्वीकार, पार्टी पराजयको कारण खुलाइयो

Image
Nisarga Hospital

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा प्रतिनिधिसभा फागुन २१ को निर्वाचनमा चरम गुटबन्दी र वितृष्णाका कारण पार्टी पराजय भोग्नु परेको प्रारम्भिक समीक्षा प्रतिवेदन प्रस्तुत गरिएको छ। उपसभापति विश्वप्रकाश शर्माले पराजयको प्रमुख कारण चरम गुटबन्दी र वितृष्णा भएको बताएका छन्। उनले कतिपय जायज आवाजलाई नजरअन्दाज गर्नु र मतदातामा वितृष्णा सिर्जना हुनु निर्वाचन परिणाम प्रतिकूल हुने कारण भएको बताए।

CP Hospital Dhangadhi

बैठकमा सभापति गगन कुमार थापाको राजीनामा अस्वीकृत हुने निर्णय पेस गरियो। उपसभापति शर्माले सात कारण उल्लेख गर्दै पदत्याग स्वीकृत नहुने बताए। उनले भने, ‘विशेष महाधिवेशनबाट आएको नेतृत्वको पचास दिनमा कसैले पनि दिग्विजयको परिणाम खोज्नु युक्तिसंगत हुँदैन। तर, सभापतिको नैतिक जिम्मेवारी र भावनालाई उच्च कदर गर्दै राजीनामा अस्वीकार गर्ने निर्णय गरिएको छ।’

Attariya Hospital

प्रतिवेदन अनुसार, कांग्रेस पहिलो दलको रूपमा विजयी नभए पनि मूल नीतिको विजय हासिल भएको छ। प्रतिकूल परिस्थितिमा निर्वाचन गए पनि नतिजा अनौठो नभएको उल्लेख गरिएको छ। सहमहामन्त्री बहादुर सिंह लामाले सभापति थापाको राजीनामा अस्वीकार भएको जानकारी दिएका छन्। बैठक आइतबार विहान ८ बजे बस्ने गरी स्थगित गरिएको छ।

nawajiwan