अन्तर्राष्ट्रिय मूल्य वृद्धि बीच पेट्रोलियम दर यथावत्, हवाई इन्धनमा समायोजन

Image
Nisarga Hospital

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहे पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य यथावत् राखेको जनाएको छ।

CP Hospital Dhangadhi

यद्यपि अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाइएको छ भने आन्तरिक हवाई इन्धनको मूल्य घटाइएको छ। नयाँ मूल्य समायोजन चैत १८ गते बिहान १ बजेदेखि लागू भएको निगमले जानकारी दिएको छ।

Attariya Hospital

मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुँदा पछिल्लो १५ दिनमा निगमलाई करिब २१ करोड रुपैयाँ घाटा भएको उल्लेख गरिएको छ। इन्डियन आयल कर्पोरेसनबाट बढेको खरिद मूल्यका बाबजुद उपभोक्तालाई राहत दिने र वित्तीय सन्तुलन कायम गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको निगमले स्पष्ट पारेको छ।

nawajiwan