६ अर्ब शंकास्पद कारोबार प्रकरणमा व्यवसायी दीपक भट्ट पक्राउ

Image
Nisarga Hospital

सम्पत्ति शुद्धीकरणको आरोपमा व्यवसायी Deepak Bhattलाई प्रहरीले बिहीबार नक्सालस्थित कार्यालयबाट पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (CIB) का एआइजी मनोज केसीका अनुसार विभागको पत्राचारपछि उनलाई नियन्त्रणमा लिइएको हो। यसअघि नै उनको पासपोर्ट रोक्का गरिएको थियो।

CP Hospital Dhangadhi

भट्टसँग सम्बन्धित ६ अर्ब रुपैयाँ बराबरको शंकास्पद कारोबारमा संलग्नता देखिएको स्रोतले जनाएको छ, जसमा पुनर्बीमा कम्पनी, होटल र सेयर बजारसँग सम्बन्धित लेनदेन समावेश छन्। २०७८ सालदेखि देखिएको शंकास्पद कारोबारमा पछिल्लो समय अनुसन्धान तीव्र पारिएको हो।

Attariya Hospital

अर्थमन्त्री Rameshwar Khanalको चासोपछि फाइल पुनः खोलिएको थियो। हाल २६ जनासँग बयान सकिएको छ र केही सातामै मुद्दा अदालतमा दर्ता गर्ने तयारी भइरहेको जनाइएको छ।

nawajiwan
Advertize US