सुन–चाँदीको भाउ उकालो लाग्यो ! अन्तर्राष्ट्रिय प्रभावले स्थानीय बजार तात्यो

Image
Nisarga Hospital

स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार ४०० रुपैयाँले बढेर छापावाल सुन २ लाख ९६ हजार १०० रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १३५ रुपैयाँले वृद्धि भई ४ हजार ९४५ रुपैयाँ कायम भएको छ।

CP Hospital Dhangadhi

अघिल्लो दिन बिहीबार सुन २ लाख ९२ हजार ७०० रुपैयाँ र चाँदी ४ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार सुन २ लाख ९४ हजार ५०० र चाँदी ४ हजार ९१५ रुपैयाँमा किनबेच भएको थियो। बिहीबार घटेको मूल्य शुक्रबार फेरि बढेर नयाँ उचाइमा पुगेको हो।

Attariya Hospital

अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्य वृद्धिको प्रभाव नेपाली बजारमा स्पष्ट देखिएको छ। हाल विश्व बजारमा सुन प्रतिऔँस ४ हजार ६५० अमेरिकी डलर र चाँदी ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ। यस उतारचढावले स्थानीय बजारमा बहुमूल्य धातुको भाउ निरन्तर महँगिँदै गएको संकेत गरेको छ।

nawajiwan