सुदूरपश्चिम विश्वविद्यालयमा सुधारको चुनौती, पदमुक्तिले मात्र बेथिति अन्त्य नहुने तर्क

Image
Nisarga Hospital

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार लगायतका २७ जना पदाधिकारी पदमुक्त भएका छन्। यो पदमुक्तिले मात्रै सुदूरपश्चिम विश्वविद्यालयमा अपेक्षित सुधार हुने सम्भावना न्यून छ, किनभने विश्वविद्यालय गठन आदेश अन्तर्गत स्वत: स्थायी भएका दलीय राजनीतिमा संलग्न कर्मचारी र प्राध्यापक काममै छन्। अझै खटिमा गएर स्नातक र स्नातकोत्तर गरेकाको संख्या महेन्द्रनगर क्याम्पसमा उल्लेखनीय छ।

CP Hospital Dhangadhi

सिद्धनाथ क्याम्पसमा कुनै बेला राजनीतिक पहुँचको आधारमा पियनको रुपमा छिरेको मनुवाहरू अहिले सेटिङमा बढुवा भएर नासुसम्म पुगेका छन्। तिनै नासुहरूले विश्वविद्यालय प्रशासन गिजोल्ने काम गर्दै आएका छन्।

सबैभन्दा बढी बेथिति सुप विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा छ। त्यहाँ कार्यरत सुब्बाले प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका परीक्षणमा चलखेल गर्छन्। उनले केन्द्रीय क्याम्पसमा कार्यरत शिक्षकहरूलाई हरेक सेमेस्टरको प्रश्नपत्र निर्माण गर्न दिने र प्रश्नपत्र निर्माण गर्नेहरूलाई नै उत्तरपुस्तिका परीक्षण गर्न दिने गर्छन्।

nawajiwan

महेन्द्रनगरको केन्द्रीय क्याम्पसमा निकै कम पढाइ हुन्छ। शिक्षकहरू भ्रमणमै व्यस्त हुन्छन् तर प्रश्नपत्र आफैले निर्माण गर्ने भएकाले फलानो -फलानो च्याप्टरबाट फलानो प्रकृतिको प्रश्न आउने भनेर प्रश्नपत्र नै कक्षाहरूमा चुहावट गरिदिन्छ्न् भन्ने गुनासो सुनिन्छ।

Attariya Hospital

प्रश्नपत्र चुहावट गरेपछि, उत्तरपुस्तिका परीक्षण गर्न तिनै शिक्षकहरूले घरमा लैजाने र छोराछोरी, श्रीमतीबाट परीक्षण गर्न लगाउने गरेका छन् भन्ने गुनासो समेत गरिएको छ। यो भनाइको सत्यापन गर्न महेन्द्रनगरको केन्द्रीय क्याम्पस र धनगढीको कैलाली क्याम्पसको नतिजा विश्लेषण गर्दा हुन्छ। कैलाली क्याम्पसमा छुट्टीको दिन पनि विद्यार्थी बोलाएर पढाउने गर्छन् तर नतिजा कमजोर आउँछ अनि महेन्द्रनगरको केन्द्रीय क्याम्पसमा घुमेरै विद्यार्थीले राम्रो नतिजा ल्याउँदा रहेछन्। यो कसरी सम्भव भो?

सरकारले अध्यादेश मार्फत उपकुलपति लगायत २७ जना बर्खास्त गर्‍यो तर विश्वविद्यालयका भाइरस जो प्रशासनिक पद र अध्यापनमा छन् तिनको नसबन्दी गर्न विद्यार्थी र अभिभावकले जाग्नु पर्ने आवश्यकता छ।

✍️ नारायण अवस्थी