आजको मौसमः विभिन्न वायु प्रणाली सक्रिय, देशभर बदली र वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

Image
Nisarga Hospital

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक विकसित न्यून चापीय क्षेत्रको संयुक्त प्रभावले मौसममा उल्लेखनीय परिवर्तन आएको छ। साथै, देशको दक्षिणतर्फ फैलिएको न्यून चापीय रेखाले समेत मौसमलाई थप प्रभावित बनाएको जल तथा मौसम विज्ञान विभाग ले जनाएको छ।

CP Hospital Dhangadhi

यी प्रणालीहरूको प्रभावका कारण देशका अधिकांश भागमा बदली र वर्षाको अवस्था देखिएको छ। सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ भने कोशी, कर्णाली र लुम्बिनीका पश्चिमी भूभाग तथा हिमाली क्षेत्रमा साधारण बदली छ।

Attariya Hospital

आज दिउँसो देशभर बदली रहने र कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको पूर्वानुमान गरिएको छ।

nawajiwan

राति पनि बदली कायम रहने र केही स्थानमा वर्षा जारी रहने सम्भावना रहेकोले चट्याङ र वर्षाबाट बच्न सतर्कता अपनाउन आग्रह गरिएको छ।