डोटीमा विद्युत सर्ट हुँदा घरमा आगलागी, डेढ लाख बराबरको क्षति

Image
Nisarga Hospital

डोटीको दिपायल सिलगढी नगरपालिका–१ तिखामा एक घरमा आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार स्थानीय रत्ना देवी नेपालीको घरमा शुक्रबार बिहान विद्युत सर्ट भएर आगलागी भएको हो।

CP Hospital Dhangadhi

आगलागीपछि घरभित्र रहेका विभिन्न सामानमा क्षति पुगेको प्रहरीले जनाएको छ। घटना लगत्तै स्थानीयवासी र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो। समयमै आगो नियन्त्रणमा लिएकाले थप क्षति हुनबाट जोगिएको बताइएको छ।

Attariya Hospital

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ। पछिल्लो समय विद्युत सर्टका कारण विभिन्न स्थानमा आगलागीका घटना बढ्दै गएको भन्दै विद्युत प्रयोगमा सावधानी अपनाउन पनि आग्रह गरिएको छ।

nawajiwan