अण्डाको समर्थन मूल्य बढ्यो, नयाँ दर मंगलबारदेखि लागू

Image
Nisarga Hospital

नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको छ। सङ्घका सचिव मदन पोखरेलका अनुसार नयाँ मूल्य मंगलबारदेखि लागू हुनेछ। चितवनलाई आधार मानेर सोमबार भौतिक तथा भर्चुअल रूपमा बसेको बैठकले अण्डाको दर समायोजन गरेको हो।

CP Hospital Dhangadhi

नयाँ मूल्यअनुसार ठुलो अण्डा प्रति क्रेट ४८५ रुपैयाँ, एक्सएल अण्डा प्रति क्रेट ५०० रुपैयाँ र मिडियम अण्डा प्रति क्रेट ४३५ रुपैयाँ कायम गरिएको छ। यसअघि ठुलो अण्डा ४५० रुपैयाँ र एक्सएल अण्डा ४६५ रुपैयाँमा कारोबार हुँदै आएको थियो। मिडियम अण्डा पहिले ४०० रुपैयाँमा बिक्री हुँदै आएको थियो।

Attariya Hospital

त्यस्तै, सानो अण्डा प्रति क्रेट २५०० रुपैयाँ तोकिएको छ, जुन पहिले २३०० रुपैयाँ थियो। मूल्य वृद्धि पछि सबै प्रकारका अण्डामा सामान्य वृद्धि देखिएको छ।

nawajiwan

सङ्घले नयाँ समर्थन मूल्यअनुसार नै कारोबार गर्न व्यवसायीहरूलाई आग्रह गरेको छ। बजारमा मूल्य स्थिरता कायम गर्न र किसानलाई उचित प्रतिफल सुनिश्चित गर्न यस्तो निर्णय गरिएको सङ्घले जनाएको छ।