दार्चुलाको मार्मामा जिप दुर्घटना : चालकसहित दुईको अवस्था गम्भीर

Image
Nisarga Hospital

दार्चुलाको मार्मा गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। शनिबार राति करिब ८ बजे ताकुबाट घोल्जरतर्फ जाँदै गरेको सु.प.प्र ०१–००१ ज ००७६ नम्बरको जिप पातिहाल्ला क्षेत्रमा अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेको प्रहरीले जनाएको छ।

CP Hospital Dhangadhi

दुर्घटनामा जिप चालक मार्मा–१ घोल्जरका २६ वर्षीय हरिश महरा, २७ वर्षीया मनिषा ठगुन्ना, १७ वर्षीया स्मृती ठगुन्ना, १३ वर्षीया सारिका ठगुन्ना र १६ वर्षीय विवेक महरा घाइते भएका छन्।

Attariya Hospital

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार चालक हरिश महरा र स्मृती ठगुन्नाको अवस्था गम्भीर रहेको छ। अन्य घाइतेको अवस्था सामान्य रहेको बताइएको छ।

nawajiwan

घाइते सबैलाई शनिबार राति नै थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।