सुनचाँदीको भाउमा सामान्य वृद्धि, तोलाको सुन २ लाख ९५ हजार नाघ्यो

Image
Nisarga Hospital

काठमाडौं: नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ सामान्य रूपमा बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज सुन प्रतितोला ५ सय रुपैयाँ र चाँदी ४५ रुपैयाँले महँगिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँ कायम गरिएको छ। सोमबार यही सुन २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यद्यपि, गत मंगलबारको तुलनामा भने सुनको मूल्य अझै केही कम रहेको देखिन्छ। गत साता मंगलबार सुन प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँ पुगेको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ५ हजार ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो। तर, गत मंगलबार चाँदीको मूल्य ५ हजार ६९५ रुपैयाँ पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन्। बजारमा सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन भइरहेका कारण लगानीकर्ता र उपभोक्ताले चासोपूर्वक मूल्य अपडेट हेर्ने गरेका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital