
नेपाली बजारमा बुधबार सुन तथा चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैयाँले घट्दै २ लाख ९२ हजार रुपैयाँमा कायम भएको हो। मंगलबार यही सुन प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ५० हजार ३ सय ४० रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन १० ग्राम सुन २ लाख ५३ हजार १ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला १ सय २५ रुपैयाँले घटेर ४ हजार ९ सय ६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ८५ रुपैयाँ रहेको थियो।

यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ५० रुपैयाँ तोकिएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा सुन–चाँदीको मूल्यमा उतारचढाव भइरहेको व्यवसायीहरू बताउँछन्।






























