प्रधानमन्त्री बालेन शाहको कूटनीतिक पहल: विवादित भूभागबारे भारत, चीन र इंग्ल्यान्डसँग संवाद

Image
Nisarga Hospital

प्रधानमन्त्री बालेन शाहले नेपालको विवादित भूभागबारे भारत र चीनसँग मात्र नभई इंग्ल्यान्ड सरकारसँग पनि संवाद भइरहेको बताएका छन्। प्रतिनिधि सभा बैठकमा सांसदका प्रश्नको जवाफ दिने क्रममा उनले ब्रिटिश इन्डिया छाड्ने क्रममा उत्पन्न ऐतिहासिक समस्याका कारण इंग्ल्यान्डको पनि यसमा सरोकार रहेको स्पष्ट पारे।

CP Hospital Dhangadhi

एमाले सांसद पद्मा अर्यालले नेपाल–भारत–चीनबीचको भूमि प्रयोग र व्यापारिक मार्गसम्बन्धी विषयमा सरकारको धारणा मागेकी थिइन्। त्यसको जवाफमा प्रधानमन्त्री शाहले नेपालले भारतलाई कूटनीतिक नोट पठाइसकेको र भारतबाट सकारात्मक प्रतिक्रिया आएको जानकारी दिए।

Attariya Hospital

उनका अनुसार दुवै देशबीच ऐतिहासिक तथा भू–राजनीतिक विषयमा समाधान खोज्न इतिहासविद् र विषय विज्ञहरूको सहभागितामा टेबल टकमार्फत छलफल गर्ने सहमति भएको छ। प्रधानमन्त्री शाहले राष्ट्रिय हित र सार्वभौमिकताको रक्षा गर्दै कूटनीतिक माध्यमबाट समस्या समाधान गर्ने सरकारको स्पष्ट नीति रहेको दोहोर्‍याए।

nawajiwan