स्कटल्याण्डलाई पराजित गर्दै मोरक्कोको पहिलो जित, समूह ‘सी’ को शीर्षस्थानमा उक्लियो

Image
Nisarga Hospital

फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘सी’ मा मोरक्कोले पहिलो जित दर्ता गर्दै शीर्षस्थानमा उक्लिएको छ। शनिबार बिहान बोस्टन स्टेडियममा भएको आफ्नो दोस्रो खेलमा मोरक्कोले स्कटल्याण्डलाई १–० गोलले पराजित गरेको हो।

CP Hospital Dhangadhi

मोरक्कोको जितमा इस्माइल साईबारी नायक बने। उनले खेलको दोस्रो मिनेटमै गरेको गोल नै निर्णायक सावित भयो। त्यसपछि दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन।

Attariya Hospital

यस जितसँगै मोरक्कोले दुई खेलबाट ४ अंक जोड्दै समूह ‘सी’ को शीर्षस्थान कब्जा गरेको छ। पहिलो खेलमा मोरक्कोले ब्राजिलसँग बराबरी खेलेको थियो। उता, स्कटल्याण्डले आफ्नो पहिलो खेलमा हाइटीलाई पराजित गरेको थियो।

nawajiwan

अब समूह ‘सी’ अन्तर्गत ब्राजिल र हाइटीबीचको खेल शनिबार बिहान सवा ६ बजे हुँदैछ। नकआउट चरणको सम्भावना बलियो बनाउन दुवै टोलीका लागि उक्त खेल महत्त्वपूर्ण मानिएको छ। त्यसको नतिजाले समूहको अन्तिम समीकरणमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ।