अब नेपाल प्रहरीले पनि १५/१५ दिनमा तलब पाउने

Image
Nisarga Hospital

नेपाल प्रहरीका कर्मचारीले आगामी आर्थिक वर्षदेखि अर्धमासिक अर्थात् १५/१५ दिनमा तलब पाउने भएका छन्। प्रहरी प्रधान कार्यालयले बजेट सञ्चालन गर्ने सबै प्रहरी कार्यालयलाई परिपत्र जारी गर्दै नयाँ व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो।

CP Hospital Dhangadhi

प्रशासन विभागका डीआईजी हिमालयकुमार श्रेष्ठद्वारा हस्ताक्षरित परिपत्रमा अर्थमन्त्रीस्तरको ४ वैशाखको निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको २१ वैशाखको पत्रअनुसार राष्ट्रसेवक कर्मचारीलाई प्रत्येक महिनाको १५ दिन व्यतीत भएपछि अर्धमासिक रूपमा तलब तथा भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाइएको उल्लेख गरिएको छ।

परिपत्रमा आगामी आर्थिक वर्षदेखि लागू हुने गरी सम्बन्धित प्रणालीमा आवश्यक प्राविधिक व्यवस्था गरिएको जानकारी दिँदै सोहीअनुसार कार्यान्वयन गर्न सबै प्रहरी कार्यालयलाई अनुरोध गरिएको छ।

nawajiwan
Attariya Hospital

यस व्यवस्थासँगै प्रहरी कर्मचारीले अब महिनाको अन्त्यसम्म कुर्नु नपरी दुई किस्तामा तलब प्राप्त गर्नेछन्। सरकारले राष्ट्रसेवक कर्मचारीको वित्तीय व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले अर्धमासिक तलब भुक्तानी प्रणाली लागू गर्न लागेको हो। नयाँ व्यवस्थाले कर्मचारीको दैनिक खर्च व्यवस्थापन तथा आर्थिक योजना बनाउन थप सहज हुने अपेक्षा गरिएको छ।