नेपाली बजारमा पेट्रोलको २० डिजेलको ३० रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ घट्यो !

Image
Nisarga Hospital

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आज बुधबार देखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले घटाउने निर्णय गरेको हो। यससँगै खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ।

CP Hospital Dhangadhi

नयाँ मूल्य लागू भएपछि पेट्रोल, डिजेल तथा एलपी ग्यास प्रयोग गर्ने सर्वसाधारण, यातायात व्यवसायी र उद्योग क्षेत्रले प्रत्यक्ष राहत पाउने अपेक्षा गरिएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा आएको गिरावटलाई आधार बनाएर निगमले मूल्य समायोजन गरेको जनाएको छ। मूल्य घटेसँगै दैनिक उपभोग खर्चमा केही सहजता आउने विश्वास गरिएको छ।

Attariya Hospital

nawajiwan