गेटा मेडिकल विश्वविद्यालयमा यसै शैक्षिक सत्रदेखि एमबीबीएस सुरु गर्न धनगढीका मेयर हमालको जोडदार माग

Image
Nisarga Hospital

धनगढी: धनगढी उपमहानगरपालिकाले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा मेडिकल विश्वविद्यालय) मा यही शैक्षिक सत्रदेखि नै एमबीबीएस तहको पठनपाठन सुरु गर्ने वातावरण तत्काल सुनिश्चित गर्न सरकार तथा सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ।

CP Hospital Dhangadhi

नगर प्रमुख गोपाल हमालले विश्वविद्यालय कानुनी रूपमा स्थापना भइसकेकाले अब थप ढिलाइको कुनै औचित्य नरहेको बताए। उनका अनुसार अहिलेको मुख्य प्राथमिकता पदाधिकारी नियुक्ति होइन, शैक्षिक गतिविधि सञ्चालन गरी सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु हो।

उनले गेटा मेडिकल विश्वविद्यालयको विकाससँग आफू पूर्वाधार विकास समितिको नेतृत्वमार्फत प्रत्यक्ष रूपमा जोडिएको अनुभव रहेको उल्लेख गर्दै विश्वविद्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधार र तयारीबारे आफू जानकार रहेको बताए। उनले लामो संघर्ष र प्रतीक्षापछि गेटा मेडिकल विश्वविद्यालय सही दिशामा अघि बढेकाले अब कुनै बहाना बनाएर यसको गति रोक्न नहुने स्पष्ट गरे।

nawajiwan
Attariya Hospital

नगर प्रमुख हमालले सुदूरपश्चिमका नागरिकको गेटा मेडिकल विश्वविद्यालयसँग भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै यही शैक्षिक वर्षदेखि कम्तीमा एमबीबीएस तहको अध्ययन सुरु हुने वातावरण बनाउन सरकार, विश्वविद्यालय तथा सरोकारवाला सबै पक्षबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए।

उनले विश्वविद्यालय सञ्चालनले सुदूरपश्चिमका विद्यार्थीलाई आफ्नै प्रदेशमा गुणस्तरीय चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर मिल्नुका साथै स्थानीय नागरिकले सहज र स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे।

“हाम्रो स्पष्ट उद्देश्य एउटै हो—यही शैक्षिक सत्रबाट पढाइ सुरु होस् र जनताले सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकून्। त्यसका लागि सबै पक्षले साझा जिम्मेवारीका साथ अघि बढ्नुपर्छ,” नगर प्रमुख हमालले आग्रह गरे।