
प्रेम गर्छौ कि नाई, यो सवाल कस्तो?
प्रियतम् हजुरको, आलटाल कस्तो?

बतासे झरीझैं, छिनमै बर्सिन्छौ-रोकिन्छौ
नरुझाई बर्सने झरीको, उछाल कस्तो?
प्रेम प्रतिज्ञाको हो, या हो युद्धको फेरि?
पाउनै पर्ने हठ जिद्दीको, बबाल कस्तो?


अङ्कुशेझैं धार थापी, अड्कायौ तिमीले
बुझ्नै सकिन मैले यो, प्रेमको जाल कस्तो?
प्रेम पनि बिक्ने, त्यति सस्तो बजार हुन्छ र?
धन्दा चलाउने प्यारको, हुन्छन् दलाल कस्तो?
✍️✍️राजेश स्पन्दन, भक्तपुर ।































