गजल

Image
Nisarga Hospital

प्रेम गर्छौ कि नाई, यो सवाल कस्तो?
प्रियतम् हजुरको, आलटाल कस्तो?

CP Hospital Dhangadhi

बतासे झरीझैं, छिनमै बर्सिन्छौ-रोकिन्छौ
नरुझाई बर्सने झरीको, उछाल कस्तो?

प्रेम प्रतिज्ञाको हो, या हो युद्धको फेरि?
पाउनै पर्ने हठ जिद्दीको, बबाल कस्तो?

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

अङ्कुशेझैं धार थापी, अड्कायौ तिमीले
बुझ्नै सकिन मैले यो, प्रेमको जाल कस्तो?

प्रेम पनि बिक्ने, त्यति सस्तो बजार हुन्छ र?
धन्दा चलाउने प्यारको, हुन्छन् दलाल कस्तो?
✍️✍️राजेश स्पन्दन, भक्तपुर ।

Dhnagadhi & Krishanapur