
सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु ३, डिजेल तथा मट्टितेलको रु ५ र हवाई इन्धनको रु २० ले बढाइएको छ।

नयाँ मूल्यसूची तत्काल लागू भएको निगमले जनाएको छ। मूल्यवृद्धिसँगै यातायात, ढुवानी तथा दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत प्रभाव पर्ने अनुमान गरिएको छ।
































