
रसुवामा बाढीबाट प्रभावित परिवारका विद्यार्थीलाई उच्च शिक्षा निरन्तरता दिन Project Awasar ले विशेष छात्रवृत्ति कार्यक्रम ल्याएको छ। कार्यक्रमअन्तर्गत २० जना विद्यार्थीले BBS वा BSW विषयमा चार वर्षसम्म पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाउनेछन्।

बाढीपछि घरपरिवारको पुनःस्थापना र दैनिक जीवन व्यवस्थापनमै आर्थिक चुनौती झेलिरहेका परिवारका योग्य विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न लागिएको हो। आर्थिक अभावकै कारण कुनै विद्यार्थीले आफ्नो पढाइ तथा भविष्यको सपना बीचमै छाड्न नपरोस् भन्ने उद्देश्यले कार्यक्रम ल्याइएको Project Awasar ले जनाएको छ।
छात्रवृत्तिसँगै विद्यार्थीलाई फेलोशिप र मेन्टरशिप सहयोगसमेत उपलब्ध गराइनेछ। शिक्षक, समुदायका अगुवा, परिवारका सदस्य, साथीभाइ तथा रसुवासँग जोडिएका व्यक्तिलाई योग्य विद्यार्थी र परिवारसम्म यो अवसर पुर्याउन सहयोग गर्न आग्रह गरिएको छ।


योग्य विद्यार्थी तथा परिवारले ९८०८०६८८७० वा ९८०११२७६७२ मा सम्पर्क गर्न सक्नेछन्।
Project Awasar ले एउटा विद्यार्थीलाई सही समयमा यो अवसरको जानकारी गराउनु उसको शिक्षा र भविष्य निरन्तर अघि बढाउने महत्वपूर्ण आधार बन्न सक्ने जनाएको छ। साथै, अवसरबारे जानकारी फैलाउन पोस्ट शेयर गर्नसमेत आग्रह गरिएको छ।































