काठमाडौंमा कार्यालय परिसरबाट ग्यास बिक्री वितरण स्थगित

Image
Nisarga Hospital

नेपाल आयल निगमसँगको समन्वयमा खाना पकाउने ग्यासको अभावका कारण समस्यामा परेका उपभोक्तालाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय काठमाडौं परिसरबाट हुँदै आएको ग्यास बिक्री वितरण अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।

CP Hospital Dhangadhi

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बिदाका दिनमा विशेषगरी डेरामा बस्ने विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी तथा गर्भवती महिला र साना बालबालिका भएका महिलालाई प्राथमिकता दिँदै विगत तीन दिनदेखि कार्यालय परिसरमै ग्यास ल्याएर बिक्री वितरणको व्यवस्था गरेको थियो।

तर, भदौ २९ गते सोमबारदेखि कार्यालयको नियमित कामसँगै रसुवा बाढीपीडितका लागि राहत व्यवस्थापन तथा बाढीमा परी मृत्यु भएका तर हालसम्म पहिचान हुन नसकेका शवको व्यवस्थापनमा समेत कार्यालय जुट्नुपर्ने भएकाले परिसरबाट ग्यास बिक्री रोकिएको हो।

nawajiwan
Attariya Hospital

प्रशासकीय अधिकृत तारानाथ फुल्लेलका अनुसार कार्यालयका नियमित प्रशासनिक काम तथा विपद् व्यवस्थापनसम्बन्धी जिम्मेवारी बढेकाले ग्यास बिक्री स्थगित गर्नुपरेको हो।

यद्यपि, ग्यासको बिक्री वितरण पूर्ण रूपमा बन्द भने नहुने कार्यालयले स्पष्ट पारेको छ। उपभोक्ताले सम्बन्धित ग्यास विक्रेता, डिलर तथा खुद्रा विक्रेतामार्फत नियमित रूपमा ग्यास खरिद गर्न सक्नेछन्। कार्यालयले उपभोक्तालाई ग्यास वितरणसम्बन्धी पछिल्लो सूचना तथा स्थानीय विक्रेतामार्फत उपलब्ध हुने सेवाबारे जानकारी लिएर खरिद गर्न आग्रह गरेको छ।