नेपाल आयल निगमले झन्डै २ अर्ब घाटा सहेर पनि पेट्रोलियम पदार्थको मूल्य यथावत्

Image
Nisarga Hospital

नेपाल आयल निगमले आगामी १५ दिनका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ। निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मंगलबार प्राप्त नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४० पैसा र डिजेल चार रुपैयाँ ६८ पैसा महँगिएर आएको छ। मूल्य नबढाउँदा निगमले आगामी १५ दिनमा करिब एक अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा बेहोर्ने जनाएको छ।

CP Hospital Dhangadhi

नियमित मूल्य समायोजनको समय आए पनि निगम सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले उपभोक्तालाई थप भार नपर्ने गरी हालकै मूल्य कायम राख्ने निर्णय गरेको हो। पछिल्लो समय ग्यासको आपूर्ति व्यवस्थामा समेत असहजता देखिएका बेला पेट्रोलियम पदार्थको मूल्य बढाउँदा सरकारमाथि थप आलोचना हुनसक्ने अवस्थालाई समेत ध्यानमा राखिएको बताइएको छ।

निर्णयअनुसार काठमाडौं उपत्यकामा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई सय रुपैयाँ कायम छ। निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँ निर्धारण गरेको छ।

nawajiwan
Attariya Hospital

उद्योगीहरूले उक्त मूल्यमा प्रतिसिलिन्डर एक सय पाँच रुपैयाँ ३८ पैसा ढुवानी खर्च थपेर बिक्री मूल्य निर्धारण गर्दै आएका छन्। हाल ग्यासको आपूर्ति तराई क्षेत्रबाट ट्रकमार्फत काठमाडौं उपत्यकातर्फ भइरहेको जनाइएको छ।

अन्तर्राष्ट्रिय बजार तथा आईओसीबाट प्राप्त खरिद मूल्यमा वृद्धि भए पनि तत्काल उपभोक्ता मूल्य नबढाउने निर्णयले निगममाथि थप आर्थिक भार पर्ने देखिएको छ।