लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै, जिते एक खेलअगावै शीर्ष ६ मा स्थान सुरक्षित गर्ने अवसर

Image
Nisarga Hospital

ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज शनिबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। अल अमरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।

CP Hospital Dhangadhi

लगातार दुई जित निकालेको नेपाल आज क्यानडालाई पराजित गर्दै एक खेल बाँकी छँदै शीर्ष ६ मा आफ्नो स्थान सुरक्षित गर्ने लक्ष्यमा छ। यता क्यानडा पनि जित निकाल्दै शीर्ष ६ मा पुग्ने सम्भावना कायम राख्न चाहन्छ।

अङ्क तालिकामा नेपाल क्यानडाभन्दा एक अङ्कले अगाडि छ। नेपालले ३४ खेलबाट १३ जित, १९ हार र दुई बराबरीसहित २८ अङ्क जोडेको छ। सातौँ स्थानमा रहेको क्यानडाले ३५ खेलमा ११ जित, १९ हार र पाँच बराबरीसहित २७ अङ्क हासिल गरेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash

जारी शृङ्खलाको पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको थियो। त्यसपछि दोस्रो खेलमा आयोजक ओमानलाई ११३ रनले हराउँदै नेपालले आफ्नो लय कायम राखेको छ। क्यानडाले भने पछिल्लो खेलमा ओमानलाई ५८ रनले पराजित गरेको थियो।

नेपालले क्यानडाविरुद्ध पहिलो खेलमा २३५ रन बनाएको थियो भने ओमानविरुद्ध २६३ रन जोडेको थियो। क्यानडाले ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै २५६ रन बनाएकाले आजको खेलमा नेपाली बलरले विपक्षी ब्याटरलाई रोक्नु महत्त्वपूर्ण हुनेछ।

नेपाल र क्यानडाबीच हालसम्म भएका छ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमध्ये नेपालले चार र क्यानडाले दुई खेल जितेका छन्।

आजको खेल जिते नेपालले शीर्ष ६ मा स्थान सुरक्षित गर्नुका साथै शृङ्खलाको अन्तिम खेलमा ओमानविरुद्ध दबाब कम गर्न सक्नेछ। पराजित भएमा भने नेपालले अन्तिम खेलमा ओमानलाई हराउनुपर्ने अवस्था आउन सक्छ।

Dhnagadhi & Krishanapur