
नेपाली बजारमा आइतबार (कात्तिक १५ गते) सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको हो।

मूल्यमा ठूलो गिरावट आएसँगै आइतबार छापावाल सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँ कायम थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो।




पछिल्लो मूल्य गिरावटसँगै सुनचाँदी खरिद गर्ने उपभोक्तालाई केही राहत मिल्ने देखिएको छ।


































