अमर माध्यमिक विद्यालयको प्रधानाध्यापकमा राधा कुमारी कुँवर खड्का नियुक्त

Image
Nisarga Hospital

कैलालीको गौरीगंगा नगरपालिका–६, बनबेहडास्थित अमर माध्यमिक विद्यालयको प्रधानाध्यापकमा राधा कुमारी कुँवर खड्का नियुक्त भएकी छन्। प्राथमिक तह (प्रावि) तृतीय श्रेणीमा स्थायी शिक्षकका रूपमा कार्यरत खड्कालाई विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी प्रदान गरिएको हो।

CP Hospital Dhangadhi

प्रधानाध्यापकको जिम्मेवारी पाएसँगै खड्काले विद्यालयको शैक्षिक गुणस्तर सुधार, संस्थागत विकास र विद्यार्थीको सर्वाङ्गीण विकासलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

उनले विद्यालयको शैक्षिक वातावरणलाई थप व्यवस्थित, अनुशासित र उपलब्धिमूलक बनाउँदै शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने आफ्नो लक्ष्य रहेको बताइन्। साथै नियमित पठनपाठन, शिक्षकको जिम्मेवारीप्रतिको उत्तरदायित्व, विद्यार्थीको प्रतिभा तथा क्षमताको पहिचान र शैक्षिक उपलब्धि अभिवृद्धिमा विशेष जोड दिने उनको भनाइ छ।

विद्यालयको समग्र विकासका लागि शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय समुदायबीच आपसी समन्वय र सहकार्य आवश्यक रहेको उनले उल्लेख गरिन्।

विद्यालयको विकास कुनै एक व्यक्तिको प्रयासले मात्र सम्भव नहुने भन्दै खड्काले सबै सरोकारवालाको साझा साथ, सहयोग र सकारात्मक भूमिकाबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गरेकी छन्। साथै विद्यालयलाई शैक्षिक तथा संस्थागत रूपमा थप सबल बनाउँदै उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएकी छन्।