
बैतडी: प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशस्तरीय छनाैट अर्थात इलाइट च्याम्पियनसिपमा बैतडीले लगातार दाेस्राे जित दर्ता गरेकाे छ।

पहिलाे खेलमा बझाङलाई १८१रनले पराजित गरेकाे बैतडीले दाेस्राे जित दर्ता गर्ने क्रममा मंगलबार अछाममाथि ९८ रनकाे विशाल जित दर्ता गर्याे।
निर्धारित ५० ओभरकाे खेल रहेकाेमा बिहान हुस्सुका कारण ४० ओभरमा झारिएकाे थियाे।
जितका लागि पाएकाे २१४ रनकाे लक्ष्य पछ्याउने क्रममा अछाम २८.५ ओभरमा ११५ रनमा अलआउट भयाे । उसका महाजन कुवरले सर्वाधिक २४ रन हिर्काए। बैतडीका लागि गजेन्द्र बाेहराले ३,भुपेन्द्र चन्द,रिसिकेश बाेहरा,वसन्त खत्रीले समान दुई दुई विकेट लिए ।

यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेकाे बैतडी ३८.५ ओभरमा २१३ रनमा समेटियो । जसमा नरेन भट्टले अर्धशतकीय पारी खेल्दै ५२ रनकाे याेगदान गरे। यस्तै खडक बाेहराले ३४,वसन्त खत्रीले २७, नरेश चन्दले २२, सुदीप टमाटाले २२, रिसिकेश बाेहराले १६ रन बनाए। अछामका राेहित खड्का र अभिषेक चाैधरीले ३/३ विकेट झारे।

बैतडीका नरेन भट्ट म्यान अफ द म्याच चुनिएका स्काेरर नरेन्द्रराज भट्टले बताउनुभयो ।
प्रतियाेगिता अन्तरगत भाेलि अछाम र कञ्चनपुर भिड्नेछन् ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे आयाेजनामा पुस १४ गतेदेखि शुरू भएको प्रतियोगिता पुस २४ गते सम्पन्न हुनेछ ।
प्रादेशिक क्रिकेट संघले यसवर्षदेखि प्लेट र इलाइट च्याम्पियनसिप गरेर दुई चरणमा प्रदेश छनाैट गरिररहेकाे छ।
गतवर्षकाे प्रदेश छनाैटमा सेमिफाइनल पुगेका टाेलीले साेझै ईलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टाेलीले प्लेट च्याम्पियनसिप खेलेका हुन्।































