भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै

Image
Nisarga Hospital

भारतीय विदेश मन्त्री एस. जयशंकर आज नेपाल भ्रमणमा आउँदै छन्। परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर आज बिहान १० बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ।
काठमाडौँ अवतरण गरे लगत्तै विदेशमन्त्री जयशंकर ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जानेछन्।

CP Hospital Dhangadhi

त्यहाँबाट फर्केपछि मध्यान्ह १२ बजे प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटघाट गर्ने छन्। त्यसलगत्तै १ बजे परराष्ट्र मन्त्री साउदसँग होटल याक एण्ड यतिमा भेटघाट गरेपछि उनी सवा एक बजेदेखि संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन्। पौने २ बजे दुई देशबिच १० हजार मेगावाट बिजुली खरिद सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम हुनेछ।

Attariya Hospital

उनी २ बजे परराष्ट्र मन्त्रालयले याक एण्ड यतिमा आयोजना गर्ने दिवा भोज कार्यक्रममा सहभागी हुने बताइएको छ । विदेशमन्त्री जयशंकरले ३ बजेर ४० मिनेटमा कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे चार बजे एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नेछन्। साँझ ६ः१५ वजे परराष्ट्र मन्त्रालयले सोल्टी होटलमा रात्रि भोजको आयोजना गर्नेछ। सो रात्रि भोजमा मन्त्री जयशंकर लगायत नेपालका नेता, सांसद र सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ।

nawajiwan