बैतडीका एक युवक गाडी दुर्घटनामा परी युएइमा मृत्यु

Image
Nisarga Hospital

बैतडी: बैतडीका एक युवकको संयुक्त अरब इमिरेट्स (युएइ) मा गाडी दुर्घटनामा परी मृत्यु भएको छ । रोजगारीको शिलशिलामा एक महिना अगाडी मात्रै संयुक्त अरब इमिरेट्स (युएइ) पुगेका जगदीश महराको मृत्यु भएको हो।

CP Hospital Dhangadhi

पुर्चौडी नगरपालिका वडा नम्बर १० बिजयपुर महरा गाउँ घर भएका २३ वर्षिय जगदीश महराको गाडीको ठक्करबाट मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

Attariya Hospital

आइतबार उनलाई गाडीले ठक्कर दिएको थियो। गाडीको ठक्करबाट गम्भीर घाइते भएका महराको उपचारको क्रममा मृत्यु भएको स्थानिय भान बहादुर महराले जानकारी दिए। रोजगारिको शिलशिलामा एक महिना अगाडि मात्रै युएइ पुगेका उनको कलिलै उमेरमा निधन भएपछि अहिले पुरै गाउँ शोकमा डुवेको छ ।

nawajiwan