सुनको मूल्य ह्वात्तै घट्यो ! सुनचाँदी किन्न भनि बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

काठमाडौँ: बिहीबार नेपाली बजारमा सुनको मूल्य एकैदिन १३ सय रुपैयाँले घट्न पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १३ सय रुपैयाँले घटेर १ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएको हो ।

CP Hospital Dhangadhi

यस्तै आज तेजावी सुनको मूल्य समेत तोलामा १३ सय रुपैयाँले नै घट्दै १ लाख १८ हजार ९ सय ५० रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Attariya Hospital

यता चाँदीको मूल्य पनि आज तोलामा ३० रुपैयाँले घट्दै प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

nawajiwan