जाजरकोटको कुशे गाउपालिका २ मा बिद्यार्थीहरुलाई न्यानो लुगा बितरण

Image
Nisarga Hospital

जाजरकोट: जाजरकोट को कुशे गाउपालिका २ मा रहेको श्री लक्ष्मी आदर्श आधारभुत विद्यालयका बिद्यार्थीहरुलाई न्यानो लुगा बितरण गरिएको छ । कञ्चनपुरकी समाजसेवी चादँनी ऐरको पहलमा श्री ललिता हेयर एण्ड ब्युटी होमले खेलेको देउसी भैलो कार्यक्रम बाट जुटेको सहयोग रकमबाट ४० जना बिद्यार्थीहरुलाई ट्रयाक सुट, सुईटर लगायत न्यानो लुगा बितरण गरिएको हो ।

CP Hospital Dhangadhi

समाजसेवी चादँनी ऐरले सबैको सानो सानो सहयोगले बिकट ठाउँमा पुगेर प्रत्यक्ष न्यानो लुगा बितरण गरेको बताउदै कोरियामा कर्मथलो बनाउदै आउनु भएका समाजसेवी उल्सान सिंह,सोलुखुम्बुका समाजसेवी एल.जि शेर्पा, समाजसेवी प्रबेश केसि, को सहयोगमा जोखिमपूर्ण यात्रा गरि राहत सामाग्री बितरण गर्न सफल भएको बताउनु भयो ।

Attariya Hospital

कार्यक्रममा स्थानीय समाजसेवी इन्द्र सिंह, समाजसेवी राधिका शर्मा लगायत वडा अध्यक्ष,बिद्यालय व्यवस्थापन समिती अध्यक्ष, प्र.अ, सम्पूर्ण शिक्षक शिक्षिकाहरुको उपस्थितीमा चौथो पटकको राहत बितरण गरिएको हो ।

nawajiwan