टी-२० विश्वकपको समूह विभाजन, नेपालको समूहमा कुनकुन देश परे ? (लिष्ट सहित)

Image
Nisarga Hospital

काठमाडौं : टी-२० विश्वकपमा नेपाल, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस् रहेको समूह डीमा परेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आज शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले वेष्ट इण्डिजमा विश्वकप खेल्ने छ। टी-२० विश्वकप आउँदो जुनमा अमेरिका र वेष्ट इण्डिजमा हुँदै छ।

CP Hospital Dhangadhi

भारत र पाकिस्तान भने एउटै समूहमा परेका छन्। उनीहरु रहेको समूह एमा आयरल्याण्ड क्यानडा र अमेरिका छन्। समूह एको खेल अमेरिका हुने छ।समूह बीमा इंग्ल्याण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान छन्। यस्तै समूह सीमा न्यूजिल्याण्ड, घरेलु टोली वेष्ट इण्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी छन्।

हरेक समूहमा रहेका देशले ४–४ खेल खेल्ने छन् र समूहका शीर्ष दुई टिम सुपर एटमा पुग्नेछन्।

nawajiwan
Attariya Hospital

May be an image of text that says 'DisnEy+ hotstar LIVE 120 ICC MEN'S T20 WORLD CUP GROUP A INDIA GROUP Ð PAKISTAN ENGLAND GROUP C NEW ZEALAND IRELAND AUSTRALIA GROUP D WEST INDIES CANADA SOUTH AFRICA NAMIBIA SCOTLAND USA SRI LANKA AFGHANISTAN OMAN UGANDA BANGLADESH PAPUA NEW GUINEA NETHERLANDS NEPAL'