“तेस्रो नमुना युवा संसद लुम्बिनीमा कार्यक्रम” हुने

Image
Nisarga Hospital

रुपन्देही जिल्लाकाे बुटवल उप. मा. नगरपालिकाको नगर सभाको कार्यालय ( बुटवल, हाटबजार)मा नयाँ युवा नयाँ सोच नेपालको आयोजनामा संघीय संसद्को सैद्धान्तिक तथा व्यावहारिक अभ्यास ‘नमूना युवा संसद’ कार्यक्रम सञ्चालन गर्न लागेकाे हाे । नयाँ युवा नयाँ सोच नेपालको लुम्बिनी प्रदेश संयोजक सुनिल पौडेल ज्यूका अनुसार कार्यक्रमको प्रशिक्षण देखि लिएर व्यवस्थापकीय पाटो सम्म सम्पुर्ण कुरा स्वयं संस्थाले नै हेर्नेछ।

CP Hospital Dhangadhi

‘मुलुकले संघीयता र संसदीय प्रणालीको अभ्यास गरिरहेको कारण विभिन्न तहको सरकार निर्माण प्रक्रिया तथा कानून निर्माण प्रक्रियालाई समेट्दै संघीय संसदमा हामीले चुनेर पठाएको जनप्रतिनिधिहरुले हाम्रो निम्ति के कस्तो कानून कसरी निर्माण गर्दछ’ नयाँ युवा नयाँ सोच नेपालका प्रशिक्षक बिनोद खत्री ज्युले भन्नुभयो- ‘ संस्थाले कानून निर्माण प्रक्रिया तथा संघीय संसदको व्यावहारिक ज्ञानको प्रशिक्षण दिन यो कार्यक्रम गर्न लागेका हो ।’

नमुना युवा संसद कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थीहरु नमूना संसद्को भूमिका दिइनेछ । सहभागि विद्यार्थीहरु मध्यबाटै सभामुख, उपसभामुख, प्रधानमन्त्री-मन्त्रीहरु र प्रमुख प्रतिपक्ष दलसहित विभिन्न पदहरुको नमूना भूमिका दिईन्छ ।

nawajiwan

यस्ताे कार्यक्रममा सहभागी विद्यार्थीले संसद कसरी चल्छ ? संसदमा के के हुन्छ ? सामान्यतः एउटा कानून निर्माण गर्दा वा संशोधन गर्दाखेरि सुरुवाती चरणको विद्ध्यक देखि विधायक पास गर्दा सम्मको सम्पूर्ण कार्यविधि नमूना सांसदले अनुभव गर्न र सिक्न पाउने छन् ।

Attariya Hospital

विगत केही समय देखि सरकारले नीतिगत रुपमै ‘नमूना युवा संसद’ कार्यक्रम गराइरहेको छ ।

खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषदले हरेक वर्ष हरेक जिल्लामा नमुना संसद कार्यक्रम गराउने भएकोले नयाँ युवा नयाँ सोच नेपालले लुम्बिनी प्रदेशको बुटवल उपमहानगरपालिकामा रुपन्देही जिल्लाका युवा विद्यार्थीहरूको निम्ति यो कार्यक्रम अगाडि बढाएको हो ।

उक्त कार्यक्रमको फारम युवा नयाँ सोच नेपालको फेसबुक पेजमा पाउन सक्नु हुनेछ र ईन्ट्रि फि रु ५०० मात्र रहेको समेत जानकारी गराउन चाहान्छौं।

कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई ३ वटा ( उत्कृष्ट बहस्कर्ता, उत्कृष्ट अनुसन्धानकर्ता, उत्कृष्ट नेतृत्वकर्ता ) विधामा नगत पुरस्कारको समेत व्यवस्था गरिएकाे छ ।