नेपाली कांग्रेसले टुङ्गो लगायो राष्ट्रियसभाका लागि १० उम्मेदवार

Image
Nisarga Hospital

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रियसभाका १० जना उम्मेदवारको टु्रगो लगाएको छ। लामो रस्साकस्सीपछि कांग्रेसले आज बिहान उम्मेदवार चयन रहेको हो।

CP Hospital Dhangadhi

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार अनुसार कोशीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्द ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

कांग्रेसले बागमती प्रदेशको अन्यतर्फ जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ।यस्तै गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगतर्फ पदमबहादुर परियार र लुम्बिनीको महिलातर्फत विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको लेखकको भनाइ छ।

nawajiwan
Attariya Hospital

कर्णालीको अन्यतर्फ कृष्णबहादुर रोकाया र सुदूरपश्चिमको अन्यमा बलदेव बोहरा र अपांगतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको छ।

१. कृष्ण प्रसाद सिटौला ।
२. आनन्द प्रसाद ढुंगाना ।
३.बिष्णु देबि पुडासैनी ।
४. जित जंग बस्नेत ।
५. किरण बहादुर श्रेष्ठ ।
६.पदम परियार ।
७.बिष्णु कुमारी साप्कोटा ।
८.कृष्ण बहादुर रोकाय ।
९. नारायण दत्त भट्ट ।
१०. बलदेब बोहरा ।